एटीएम हयाकिङ प्रकरण : ९ जना थुनामा

६ बर्ष अगाडि

एटीएम ह्याकिङ प्रकरणमा पक्राउ गरेका ९ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

६ चिनियाँ नागरिक र ३ नेपालीलाई जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको हो । 

पक्राउ परेका तीन नेपालीको हकमा धरौटी माग गरेकोमा उनीहरु धरौटी बुझाउन नसकेपछि जेल चलान भएका हुन् । 

अदालतले मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछानेसँग तीस लाख धरौटी माग गरेको थियो भने अन्य दुई जनासँग जनही २५ लाख धरौटी माग गरेको थियो । 

चिनियाँ ह्याकरले बोकेको रकम साटेको आरोपमा उनीहरुलाई प्रहरीले भदौ १६ मा पक्राउ गरेको थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया