भारतले नेपालको सिमालाई आफ्नो भन्दै नक्साङ्कन गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।
राजधानीको बागबजारमा आयोजीत विरोध सभामा विद्यार्थी संगठनहरुले मोदीको पुत्ला दहन गरेका हुन् ।
विद्यार्थी संगठनले भारतले विस्तारवादी नीति र हेपाहा प्रवृति देखाएको भन्दै बिरोध गरेका थिए ।
विरोध सभामा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष आलोक रायमाझीले मोदीको पुत्ला दहन गरी संकेतिक विरोध मात्रै भएको भन्दै असमान सुगौली सन्धीलाई खारेज गर्दै तिस्टा–काँगाडा फिर्ताको निम्ती सम्पूर्ण नेपाली जनतालाई आन्दोलनमा उत्रिन अपिल गरे ।
ताप्लेजुङ्गदेखि दार्चुलासम्म गरी भारतले ६० हजार ६२७ हेक्टर नेपाली भूभाग मिचेको र भारतसंग सीमा जोडिएको १ हजार ८५० किलोमिटर क्षेत्रमध्ये ६ किलो मिटर विवादित रहेको उनको भनाइ छ ।
‘कालापानी र लिपुलेकसहित सिमाका ७१ स्थानमा विवाद र सीमा जोडिएका २६ मध्ये २३ जिल्लामा सिमा समस्या रहेको छ’ उनले भने ।
भोलीदेखि थप आन्दोलनका कार्यक्रमहरुसमेत गरिने संयुक्त विद्मार्थी संगठनले जनाएको छ ।
प्रतिक्रिया