काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नेपालमा नै पहिलो पटक टनेल बोरिङ मेशिन प्रयोग गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने कार्य पचास प्रतिशत सकिएको छ ।
आयोजनाको सुरुङ निर्माणको कार्यले व्यापक प्रगति गरेको भएपनि प्रमुख संरचानाको रुपमा रहेको आयोजनाको बाँधस्थल र विद्युत् गृह निर्माणमा आयोजनाले ध्यान दिन सकेको छैन ।
सुरुङ खन्ने काम नै प्राथमिक काम भने जसरी आयोजनाको अरु कामलाई कम महत्व दिइएकोमा स्थानीयबासी तथा सरोकारवालाले समेत आपत्ति जनाएका छन् ।
आयोजनाको आधा सुरुङ पूरा भएको छ । तर बाँध बनाउने, विद्युत् गृह निर्माणका लागि प्राविधिक काम समेत अगाडि बढ्न सकेको छै्रन । प्राविधिक रुपमा काम सम्पन्न गरेर ठेक्का प्रक्रिया सुरु गर्नुपर्नेमा हालसम्म त्यसलाई कुनै पनि प्रक्रिया अगाडि बढाउ(न सकिएको छैन ।
सुरुङ निर्माणमा मात्रै ध्यान दिएर आगामी दिनमा सुरुङ सकिने तर आयोजनाकोृ विद्युत् गृह पनि नबन्ने तथा बाँधको काम समेत नहुने अवस्था आए त्यसबाट थप नकारात्मक परिणाम निस्कने अवस्था आउन सक्ने देखिएको सरोकाुरवालाले जनाएका छन् ।
उनीहरुले बाँध र विद्यख्ुत् गृहको ठेक्का प्रक्रियामा ढिलाई भएको भन्दै तत्काल सुरु गर्न समेत ध्यानाकर्षण गराएका छन् ।
टिबिएम मेशिन जडानज गरेर गत कात्तिकदेखि सुरुङ निर्माण सुरु गरिएको हो । सुरुङ निर्माण सुरु गरिएपछि बिहिबारसम्म ५ हजार ६५० मिटर सुरुङ खनिएको छ ।
यसै महिना भित्रमा करिब ६ किलोमिटर भन्दा माथि सुरुङ निर्माण सम्पन्न हुने छ । उक्त आयोजनाको सुरुङ करिब १२ किलोमिटर लामो रहेको छ । यही गतिमा सुरुङ निर्माण भए आगामी ६ महिना भित्र आयोजनाको सुरुङ निर्माण सकिने अवस्था रहेको छ । तर बाँध र विद्युत् गृहको काम सुरु नगरेर आयोजना लम्ब्याउने तिर आयोजना तथा सम्वद्ध सरकारी निकाय लागेको त छैन भन्ने आशंका पनि पैदा भएको छ ।
सुर्खेतका नागरिक समाज, स्थानीय निकायका पदाधिकारीले तत्काल बाँध र विद्युत् गृहको निर्माणको प्रक्रिया सुरु गर्न आयोजनालाई पटक पटक आग्रह गर्दै आएका छन् । तर आयोजनाले हालसम्म कसनै पनि निर्णय गरेको छैन ।
आयोजनाकाअनुसार अब सुरुङ खन्न मात्रै ६ हजार ५०० मिटरको हाराहारीमा बाँकी रहेको छ । आज असारको २९ गते भयो । यही महिना तीन दिन बाँकी रहेको छ । दैनिक ३५ देखि ५० मिटरका दरमा सुरुङ निर्माण भइरहेकाले यसै महिना भित्रमा १५० मिटर भन्दा बढी सुरुङ निर्माण हुनेछ ।
क्रमशः सुरुङ निर्माण प्रक्रियाले गति लिइरहँदा अन्य काममा ध्यान नदिइनु भने दुःखद रहेको र त्यसले आयोजना प्रभावित पार्नेमा ऊर्जा, जलस्रोत तथा सिंचाई मम्न्त्रालयले कस्तो अवधारणा बनाएको छ भन्ने बारेमा पछिल्लो विवरण पत्ता लाग्न सकेको छैन ।
केही समय पहिले आयोजनाको स्थलगत निरिक्षणमा पुगेकाऊर्जा, जलस्रोत तथा सिंचाइृ मन्त्री वर्षमान पुनले आयोजनाको अर्को महत्वपूर्ण काम बाँध तथा विद्युत् गृहको ठेक्का प्रक्रिया तत्कालै सुरु हुने जनाएका थिए ।
मन्त्रालयकाअनुसार ठेक्काको प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । तर कुन चरणमा पुगेको हो भन्ने बारेमा मन्त्रालय केही बताउन चाहँदैन ।
आयोजना प्रमुख शिवकुमार बस्नेतले सुरुङ निर्माणमा सोचभन्दा राम्रो प्रगति भएको बताएका छन् ।
उनले आगामी कात्तिकबाट आयोजनाको बाँध र विद्युत् गृह निर्माणको प्रक्रिया अगाडि बढ्ने बताएपनि ९० दिन टेन्डरका लागि प्रक्रिया लाग्ने भएकाले सो अवधिमा ती काम सुरु हुने अवस्था एकदमै कम रहेको छ ।
नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागको सहकार्यमा डिजाइन गरिएको आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको सुरुङ, बाँध तथा विद्युत गृह गरी तीन चरणमा प्रक्रिया अगाडि बढाइएको हो ।
भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका करिब ५० हजार हेक्टर क्षेत्रफलमा कृषि बालीका लागि सिंचाई सुविधा उपलब्ध गराउने र ४८ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाले लक्ष्य राखेको छ ।
आयोजनाको कूल लागत रु १६ अर्ब ४२ करोड अनुमान गरिए सम्पन्न् हुँदासम्म रु २४ अर्बको हाराहारीमा पुग्ने बताइएको छ । यसै वर्ष आयोजनाले थप ६ अर्ब बजेट खर्च गरिसकेको छ ।
प्रतिक्रिया