त्रिविको परिक्षा घरमै बसी पास, प्रशासन सहायक भाग्दा भाग्दै पक्राउ

६ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीसगँ घुस लियर परिक्षामा पास गराउने गरेको खुलेको छ ।

परिक्षा सकिएपछि बाहिर लेखीएको उत्तरपुस्तीका साटेर पास गराइने गरिएको हो ।

त्यस्तै उदयपुरको त्रियुगा जनता क्याम्पसका प्रशासन तेजनारायण चौधरी र परिक्षा नियन्त्रक बल्खुका लेखा अधिकृत कमल दाहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गरेको खुलेको छ ।

घरमै लेखिएको उत्तरपुस्तिकामा लेखेर त्रिविको परिक्षा पास गराएको कुरा अख्तियारले थाहा पाएपछि तेजनारायण चौधरी भाग्न खोजेका थिए तर उनलाई अख्तियारले पक्राउ गर्यो ।

पनिकाका लेखा अधिकृतलाई पनि अख्तियारले पक्राउ गरेको छ ।
नयाँ पत्रिकाबाट

६ बर्ष अगाडि

प्रतिक्रिया