काँग्रेसले टुंगाे लगायाे ४ उम्मेदवारकाे नाम : काँस्कीमा खेमराज विद्यासंग भिड्ने

६ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचन हुने प्रतितिधि र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।

विवादका बीच काँग्रेसले उम्मेदवारी टुंगो लगाएको हो । 

बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले उम्मेदावर चयन गरेको प्रवक्ता विश्व प्रकाश शर्माले बताए । 

उनका अनुसार प्रतिनिधिसभा कास्की–२ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।  

यस्तै प्रदेशसभातर्फ बागलुङ–२ को (ख)मा जित शेरचन, दाङ–३ को (ख) मा केशव आचार्य र भक्तपुर १ को (क) माकृष्ण भँडेललाई टिकट दिइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया