भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेतलाई समेटेपछि नेपालमा चर्को विरोध भइएको छ।
बुधबार सत्तारुढ तथा विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनले भारतविरोधी प्रदर्शन गरेका छन् ।
उनीहरुले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै नेपाली भूमि अतिक्रमण प्रयासको चर्को विरोध गरे । राजधानीको भृकुटीमण्डपमा भेला भएका विद्यार्थी संगठनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालको भएको भन्दै तत्काल नक्सा सच्याउन माग गरे ।
काश्मीर र लद्दाखको नयाँ अवस्थितिलाई चित्रित गर्ने क्रममा जारी गरेको नयाँ नक्सामा भारतले औपचारिक रूपमै उक्त अतिक्रमित नेपाली भूमिलाई समेत आफ्नो भूमिका रूपमा चित्रित गर्दै नक्साभित्र राखेर नयाँ नक्सा सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया