ललितपुरमा ‘फ्लाई ओभर’ अध्ययन अन्तिम चरणमा

६ बर्ष अगाडि

ललितपुरमा बन्ने भनिएका चारवटा ‘फ्लाई ओभर’को सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ ।

पुल्चोकदेखि कुपण्डोल, ग्वार्को, सातदोबाटो तथा एकान्तकुनामा फ्लाई ओभर बनाउनका लागी संभाव्यता अध्ययन अन्तिम चरणमा पुगेको ललितपुर महानगरपालिकाले जनाएको हो ।

महानगरका अनुसार भिडभाड र ट्राफिक जाम हुने ठाउमा फ्लाई ओभर ब्रिज बन्न लागेको हो । महानगरका अनुसार पुल्चोक देखि कुपण्डोलसम्म १.४ किलोकिटरको को फ्लाई ओभर ब्रिज बनाउने तयारी छ ।

त्यसैगरी ग्वार्को, सातदोबाटो तथा एकान्तकुनामा पनि त्यो भन्दा साना ‘फ्लाईओभर’ निर्माण गर्ने योजना छ ।

“ बढि भिडभाड र ट्राफिकले अस्तब्यस्थ हुने सडक खण्डमा ‘फ्लाई ओभर ब्रिज’ बनाउनका लागी संभाव्यता अध्ययनको भइरहेको छ’, महानगरका सूचना अधिकृत रुद्र गौतमले भने ।

अबको १ महिना भित्रै प्रतिवेदन प्राप्त हुने र प्रतिबेदनको आधारमा काम अघि बढाउने उनको भनाइ छ । उनले फ्लाई ओभर ब्रिज बनेपछि ललितपुरको ट्राफिक व्यवस्थापनमा ठुलो सहयोग पुग्ने पनि बताए ।

संभाव्यता अध्ययन आन्तरिक बजेटमा गरेको महानगरले प्रतिवेदन प्राप्त भएपछि अन्तरिक वा बैदशिक सहयोग लिनेबारे छलफल हुने जनाएको छ ।

पुल्चोक–कुपण्डोल फ्लाई ओभर ब्रिज निर्माण गर्नको लागि सम्भाव्यता अध्ययन गराउने निर्णय २०७४ को जेठ २२ गते बसेको बोर्ड बैठकले नै गरेको थियो । तर सरकारी विभिन्न प्रकृयाहरु पुरा गर्नुपर्ने हुनाले संभाव्यता अध्ययनमा ढिलाई भएको महानगरका प्रवतक्ता राजु महर्जनले जानकारी दिए ।

‘प्रारम्भिक अध्ययन अहिले सम्म सकिसक्नु पर्ने हो तर टेन्डर आव्हान, कन्सलटेन्सी हायर तथा अन्य सरकारी प्रकृयाहरु पुरा गर्दा केहि ढिला हुन गएको हो,’ उनले भने । प्रतिवेदन प्राप्त हुने वित्तिकै त्यसको आधारमा काम अघि बढ्ने पनि उनले जानकारी दिए ।

‘अब भने आर्थिक, प्राविधिक, समाजिक तथा वातावरणीय सम्भाव्यताको प्रतिवेदनन प्राप्त भएपछि काम अगाडी बढ्छ ’, उनले भने ।

स्थानीय जनप्रतिनिधिहरु आएपछि नयाँ नयाँ महत्वाकांक्षी योजनाहरु ल्याउने क्रममा ललितपुर महानगरपालिकाले भने फ्लाई ओभर ब्रिज निमार्ण गर्ने योजना अघि सारेको थियो । निर्णय गरेको साढे २ बर्ष भैसक्दा पनि संभाव्यता अध्ययनमा नै महानगर अल्झिरहेको देखिन्छ । जसको कारण जनताहरु फ्लाई ओभर ब्रिज बन्नेमा भने विश्वस्त हुन सकेका छैनन् ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया