काठमाडौंमा किन आउँछ राति–राति मासु पोलेको गन्ध ?

६ बर्ष अगाडि

काठमाडौँ – काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा रातको  समयमा फैलिएको मासु पोलेकोजस्तो गन्ध आउने गरेको स्थानियले बताउने गरेका छन् ।  रातको समयमा सधैं गन्ध आएपछि केहि स्थानियहरुले प्रहरीलाई समेत उजुरी दिएका छन् । उजुरी दिएपछि प्रहरीले एक तथ्य बाहिर ल्याएको छ । 

प्रहरीका अनुसार राँगा तथा भैसीको हड्डी र छाला पोलिँदा यस्तो गन्ध आएको हो । ललितपुरको नख्खु खोला किनारमा प्रहरीले सो हड्डी तथा छाला जलाउने क्रममा सोमबार तीन जनालाई पक्राउ गरेसँगै यसको वास्तविकता पत्ता लागेको हो । 

स्थानीयले सोमबार राति मासु पोलेको जस्तो गन्ध आएको भन्दै प्रहरीमा गुनासो गरेका थिए । गुनासोसँगै वास्तविकता बुझ्दै जाने क्रममा प्रहरीले नख्खु खोलामा हड्डी तथा छाला जलाउँदै गरेको अवस्थामा फेसल मुस्लिम, साजित मुस्लिम र रजिश शेर्पालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए ।

उनले त्यही जलाइएको गन्ध राति फैलिएको पनि बताए ।  

उनीहरुमाथि वातावरण प्रदूषण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया