अर्घाखाँचीको नरपानीमा ट्याक्सी दुर्घटना भएको छ । बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।
दुर्घटनामा परी २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको छ । उनीहरुको पहिचान हुन सकेको छैन। अन्य २ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए ।
कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् । मृतक र घाइतेको सनाखत हुन सकेको छैन ।
प्रतिक्रिया