राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको प्रथम वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा अध्यक्ष अन्सारीले आयोगले ९२०७५र७६० मा सम्पादन गरेको वार्षिक कार्य प्रगति, भावी कार्यदिशा, मुस्लिम समुदायको शिक्षाको अवस्था, समावेशीता कार्यान्वयनको पाटोलगायतका विषयमा प्रस्तुतीकरण गरे ।
नेपालको संविधानको धारा २६४ मा नेपालमा एक मुस्लिम आयोग रहने व्यवस्था छ । अध्यक्ष अन्सारीको अध्यक्षतामा विसं २०७५ चैतमा आयोगको गठन भएको थियो । गठनपछि आयोगले मुस्लिम समुदायमा विद्यमान लैङगिक विभेद र दाइजोप्रथा विरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै शैक्षिक जागरण अभियान चलाउँदै आएको छ । आयोगले निजामती सेवामा मुस्लिम समुदायको प्रवेश सङ्ख्या बढाउन लोकसेवा तयारीका कक्षासमेत सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया