कास्की क्षेत्र नं.२ बाट गुरुङको उम्मेदवारी

६ बर्ष अगाडि

आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको हो ।

समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक गिरीप्रसाद गुरुङले वैकल्पिक शक्तिको रुपमा उदाएको समाजवादी पार्टी सङ्घीयताको जननी भएको उल्लेख गर्दै देशको परिवर्तनका लागि योग्य उम्मेदवा्र उठाएको दाबी गरे ।  

सो अवसरमा उम्मेद्वार गुरुङले पहिचानको सम्मान, सङ्घीयताको कार्यान्वयन तथा मुलुकमा सुशासन र समृद्धिसँगै नेपाली राजनीतिलाई मार्गदर्शन गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।  

चुनावी प्रचारप्रसारका लागि ५०१ जनाको समिति बनाएको चुनाव प्रचारप्रसार समितिका संयोजक हुमबहादुर गुरुङले जानकारी दिए ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया