महालक्ष्मी विकास बैंक लिमिटेडले नेपालगंजको पूर्ण ज्वैलर्सलाई ऋण तिर्न ३५ दिनेको अल्टिमेटम दिएको छ । उक्त ज्वैलर्सले बैंकबाट लिएको ऋण समय अवधीमै चुक्ता नगरेको र पटक पटक ऋण तिर्न सूचना दिदा पनि बेवास्ता गरेको भन्दै ३५ दिने अल्टिमेटम दिएको हो ।
ज्वैलसका प्रोप्राईटर रमेश कुमार सुनारले बैंकको नेपालगंज शाखा कार्यालयबाट ऋण लिएको बैंकले जनाएको छ ।
साथै बैंकले झापाका बेदन कुमार बि.क र नरेश विश्वकर्मा लाई पनि ऋण तिर्न अल्टिमेटम दिएको छ । उनीहरुले कुमारीपाटी शाखाबाट ऋण लिएका थिए ।
बैंकले आज एक सूचना प्रकाशित गरी ३५ दिन भित्र कर्जाको साँवा,व्याज चुक्ता नगरेमा कर्जा लिँदा धितो राखेको सुनका गर गहना,घरजग्गा र अन्य सामान लिलाम गर्ने चेतावनी समेत दिएको छ । बैंकले समयमै ऋण नतिरेमा ऋण र जमानी बसेकाहरुको नाम कालो सूचीमा राख्ने जनाएको छ ।
प्रतिक्रिया