कार्तिक २२ गते सार्वजनिक बिदा

६ बर्ष अगाडि

चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ ।

आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई कार्तिक २२ गते शुक्रबार सार्वजनिक बिदा दिइने नगरपालिकाले जनाएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले भने, ‘विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण भएको र हरिबोधनी एकादशीमा चाँगुनारायणको महत्व बढि रहेकाले बिदा दिने निर्णय गरेका हौं ।’

नगरपालिकाले गत वर्ष पनि सोही दिन बिदा दिएको थियो । सोही बिदालाई यो वर्ष पनि निरन्तरता दिएको थियो । हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया