ऋण तिर्न दुगडलाई एनसीसी बैंकले ३५ दिने अल्टिमेटम

६ बर्ष अगाडि

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले राज लक्ष्मी इन्टरप्राईजेजलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम दिएको छ । उक्त फर्मले बैंकबाट लिएको ऋण समयमै चुक्ता नगरेको र पटक पटक अनुरोध गर्दा पनि नतिरेकोले ३५ दिने अल्टिमेटम दिएको हो । 

इन्टरप्राईजेजका सञ्चालक लक्ष्मी देवी दुगड र उनका छोरा सुबोध दुगडले बैंकको विराटनगर शाखा कार्यालयबाट ऋण लिएको बैंकले जनाएको छ ।  

बैंकले आज एक सूचना प्रकाशित गरी ३५ दिन भित्र कर्जाको साँवा,ब्याज चुक्ता नगरेमा कर्जा लिदा राखेको धितो लिलाम गर्ने चेतावनी दिएको छ। बैंकले समयमा ऋण नतिरेमा संचालक सहित जमानी बस्नेहरुको नाम समेत कालो सुचीमा राख्ने जनाएको छ । 

साथै बैंकले कैलालीको अत्तरियाशाखाबाट ऋण लिने चन्द्री गिरी लाई पनि ऋण तिर्न अल्टिमेटम दिएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया