उत्तर कोरियाली व्यवसायीले टेरेनन् सरकारलाई

६ बर्ष अगाडि

सरकारले उत्तर कारियाली लगानीमा प्रतिबन्ध लगाए पनि उत्तर कोरियाली व्यवसायीले सरकारलाई टेरेका छैनन् ।

लगानी फिर्ता लैजान सरकारले तनि पल्ट पत्राचार गरिसकेको भए पनि उत्तर कोरियाली व्यवसायीले टेरपुच्छर लगाएका छैनन् ।
सरकारले लगानी फिर्ता दिन दिएको मिति विहीबारबाट समाप्त भए पनि कुनै पनि कम्पनिले लगानी फिर्ताको जानकारी गराएका छैनन् ।
विभागले गत साउन २४, भदौ ५ र असोज २९ गते लगानी फिर्ता गरी जानकारी गराउन निर्देशन दिएको थियो ।

उद्योग विभागले होटल रिमिन एण्ड रेष्टुरेन्ट, पोङयाङ अकुग्यान नेपाल, योङबोङ चाण्ड आइटी कम्पनी, बोटोङगाङग रेष्टुरेन्ट एण्ड बार, मिनस रेष्टुरेन्ट एण्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन, पोङयाङ अकुग्यान रेष्टुरेन्टलाई ब्यवसाय बन्द गरेर तत्कालै लगानी फिर्ताका लागि तीन पटक पत्र पठाइसकेको छ।  

६ बर्ष अगाडि

प्रतिक्रिया