३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै सनराइज बैंक

६ बर्ष अगाडि

सनराइज बैंक लिमिटेडले ३ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ ।

बैंकले एक हजार अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको उक्त ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कार्तिक  २० गतेदेखि  निष्काशन हुने लागेको उक्त ऋणपत्र छिटोमा २०७६ कार्तिक २४ गते र ढिलोमा २०७६ मंसिर १९ गते सम्म खुल्ला रहने छ ।

उक्त ३ अर्ब मध्ये १२ लाख कित्ता बराबरको एक अर्ब बीस करोड रुपैंया को ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट र १८ लाख कित्ता बराबरको एक अर्ब अस्सी करोड रुपैया ऋणपत्र संस्थागत व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिने छ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया