खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका मूख्य भन्सार नाकाहरुमा तरकारीको विषादी परीक्षण गर्ने प्रयोगशाला राख्ने तयारी सुरु गरेको छ।
विभागले देशका विभिन्न १२ भन्सार नाकामा प्रयोगशाला राख्ने भएको छ।
नेपालमा खाद्य तथा पेय पदार्थ आयात हुने वीरगंज, काकडभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङ लगायतका मूख्य भन्सारमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिनेछ। ती स्थानमा प्रयोगशालासहित आवश्यक जनशक्ति समेत राख्ने तयारी भएको विभागले बताएको छ। दोस्रो चौमासिकमा प्रयोगशालाका लागि आवश्यक उपकरण खरीद प्रकृया सुरु भएर चालु आर्थिक वर्षभित्रनै स्थापना गरिसकिने जानकारी पनि विभागले दियो ।
प्रयोगशालालाई आवश्यक पर्ने जिजिएमएस र आरबिपिआर उपकरण खरिदको लागि ११ करोड रुपैयाँ बजेट छुटाईएको विभाग बताउछ ।
हाल नेपाल भर ८ प्रयोगशाला रहेका छन ।
प्रतिक्रिया