नेकपा नेता सुवेदी गाडीभित्रै बेहोस,  नर्भिकमा उपचार गरिदैं

६ बर्ष अगाडि

 नेकपा नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । हृदयघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उनको शल्यक्रिया गरिएको छ ।

काठमाडौंबाट सोमबार दाङ यात्रमा निस्किएका सुवेदीलाई थानकोट नपुग्दै हृदयघात भएको उनका ज्वाइँ मधु उप्रेतीले जानकारी दिए ।

दाङ जाने क्रममा थानकोट नपुग्दै सुवेदी गाडीभित्रै बेहोस भएका थिए । त्यसपछि गाडी फर्काएर नर्भिक अस्पताल ल्याएर उपचार गरिएको उप्रेतीले बताए ।

उनका अनुसार, चिकित्सकहरूले सुवेदीलाई ‘मेजर हर्ट अट्याक’ भएको जनाएका छन् । चिकित्सकले बताएअनुसार सुवेदीको मुटुको दायातर्फको भल्भ पूर्णरूपमा बन्द भएको थियो । उनको सोमबार दिउँसो नै सफल शल्यक्रिया गरिएको छ । अहिले उनलाई अति सघन उपचार कक्ष ९आईसीयू० मा राखेर उपचार भइरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया