पूर्वमाओवादीलाई टिकट दिइएको विरोधमा पूर्वएमाले नेता–कार्यकर्ताले भक्तपुर जिल्ला पार्टी कार्यालयमा सोमबार तालाबन्दी गरेका छन ।
भक्तपुर क्षेत्र नम्बर १ (क) मा हुने उपनिर्वाचनमा पुर्व एमाले कार्यकर्ताले तालाबन्दि गरेपछि पार्टीभित्र भाँडभैलो मच्चिएको छ ।
नेकपा सचिवालयले देवीप्रसाद ढकाल लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सो निर्णय फिर्ता लिनुपर्ने माग गर्दै पूर्व एमालेका नेता कार्यकर्ताले मूल ढोकामै ताला लगाएका हुन ।
पूर्वएमाले र पूर्वमाओवादी एकताबाट नेकपा गठन भएपछि ढकाल भक्तपुरको पार्टी जिल्ला सचिव छन् ।
भक्तपुरको यो घटनाले पार्टी एकता भए पनि पूर्वएमाले र पूर्वमाओवादीबीच अझै मन मिलि नसकेको स्पष्ट देखिन्छ ।
प्रतिक्रिया