महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ ।
कार्तिक २० गते देखि बुकक्लोज गर्ने भएकाले दुबै संस्थाको लाभांश पाउन मंगलबारसम्म शेयरधनी बनिसक्नु पर्ने भएको हो ।
त्यस्तै महालक्ष्मी विकास बैंकले लाभांश दिने प्रस्ताव पारित गर्न कात्तिक २९ गते वार्षिक साधारण सभा बोलाएको छ भने मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि लाभांश अनुमोदन गर्न कात्तिक २९ गते नै साधारण सभा बोलाएको छ ।
महालक्ष्मी विकास बैंकले २२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र २८ करोड १४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ भने मेरो माइक्रोफाइनान्सले १९ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १।५८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
प्रतिक्रिया