नेकपा सचेतक शान्ता चौधरी चढ्ने गाडी दुर्घटना

६ बर्ष अगाडि

नेकपाकी सचेतक शान्ता चौधरीको गाडि दुर्घटना भएको छ ।

घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा उनको गाडि दुर्घटनामा परेको हो । यद्यपि उक्त गाडीमा चौधरी थिइनन् ।
सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही गएराति ११ बजेतिर दुर्घटना भएको हो ।

सो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ ।
सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको चालक रतन चौधरीले बताए । चालक चौधरी सकुसल छन ।
सरकारले पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकलगायतलाई गाडी सुविधा दिने गर्दछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया