इँटाभट्टा काण्ड, डिआइजी नै भन्छन् : 'जिल्लाले जानकारी दिएन मैले पनि सोधिँन'

६ बर्ष अगाडि

बम बिस्फोटमा घाइते भएकालाई इँटाभट्टामा जिउँदै जलाएको आरोप लागेका पूर्व सांसद महोम्मद् अफ्ताब अलामलाई प्रहरीले संरक्षण गरेर राखेको प्रमाण छताछुल्ल छ ।

उक्त प्रकरणमा अपराधीलाई मुद्दा दायर भएता पनि आलमलाई संरक्षण गर्ने प्रहरीलाई भने मुद्दा दायर भएको छैन ।

तत्कालीन मध्यक्षेत्र प्रहरी प्रमुख डिआइजी किरण गौतम भने यस प्रकरणबाट पन्छिन खोजेका छन् ।

उनले नयाँ पत्रिकासगँको कुराकानीमा घटना लगत्तै आफुले जानकारी पाएता पनि जिल्लाले जानकारी नदिँदा आफूले पनि नसोधेको बताएका छन् ।

बम विस्फेटको भोली पल्ट चुनाव भएकाले आफ्नो काधमा जिल्लाको सुरक्षा चुनौती रहेकाले उक्त बम विस्फेटका बारे आफूले समय दिन नपाएको उनको भनाई छ ।

हेडक्वाटरमा पनि तत्काल सूचना गरे पनि त्यसबेला अरु जिल्लाको पनि सुरक्षा प्रबन्ध गर्नुपर्ने कारण आफू अन्यत्रै ब्यस्त भएको उनले बताएका छन् ।

उनले नयाँ पत्रिकासगँको कुराकानीमा एसएसपी प्रमुख रहेको अञ्चल प्रहरी कार्यलयलाई देखोउँदै जिम्मेवारी उसको पनि हो भन्दै पन्छिन खोजेका थिए ।

तत्कालीन डिआइजी किरण गौतमको नयाँ पत्रिकासगँको कुराकानीमा आधारीत ।

६ बर्ष अगाडि

प्रतिक्रिया