नेकपाको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।
जसमा प्रदेश ३ को प्रदेश प्रमुखमा झापा मेचीनगरका विष्णु प्रसाईँको नाम परेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा तर्फबाट मियर पदमा उमेद्वारी दिएका उनी नेपाली कांग्रेसका बिमल आचार्यसँग पराजित भएका थिए।
त्यो मात्र नभएर उनी २०५४ सालमा नेकपा एमाले फुटेपछिको निर्वाचनमा एमालेका तर्फबाट झापा क्षेत्र नं १ का लागि सांसदको उम्मेद्वार थिए।त्यो बेला पनि उनी पराजित भए।
तर २०४३ सालमा धाइजनको जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका उनी २०५४ मा जिविस उपसभापतिको पदमा निर्वाचित भएका थिए ।
१७ वर्षको उमेरमा कम्युनिस्ट राजनीतिमा प्रबेश गरेका प्रसाईँ तत्कालीन कम्युनिष्ट पार्टीका नेता सीपी मैनाली र केपी ओली लगायतसँग निकट रहेको बताइएको छ ।
गत स्थानीय तहको निर्वाचनका बेला उनले राँगा गाडीमाथि चढेर चुनाव प्रचार गर्दा उनको देशभर चर्चा भएको थियो ।
पटक पटक चेल जीवन भोगेका झापाकै पुराना कम्युनिस्ट नेता प्रसाईँले २०६२/०६३ को जन आन्दोलनमा निक्कै सक्रिय भुमिका खेलाका थिए ।
प्रतिक्रिया