जलविद्युत आयोजनाको सुरुङ्गमा फसेर चारजना मजदुरको मृत्यु

६ बर्ष अगाडि

निर्माणाधिन कालंगागाड जलविद्युत आयोजनाको सुरुङ्गमा फसेका चारै जना मजदुर मृत अवस्थामा फेला परेका छन । 

उनिहरु आइतवार दिउसो ३ वजे देखी ट्याक्टर चढेर सुरुङ्ग भित्र फसेका थिए । फसेकाहरुको शव चौविस घण्टा पछि सोमबार दिउँसो ३ बजे बाहिर निकालिएको हो ।

सुरुङमा फसेर ज्यान गुमाउनेमा दैलेखको गुरा“स गाउँपालिका–३ का कर्णबहादुर शाही, र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का
महेन्द्र साउद र बझाङ बुङ्गल नगरपालिका– १ का शेरसिंह धामी रहेका छन् ।

उनिहरु सबैको मृत्यू अक्सिजनको कमिका कारण निसास्सिएर भएको अनुमान गरिएको छ । उनिहरु सबै जनाको शव ट्याक्टरको वरीपरी फेला परेको थियो ।

घटना लगतै घटनास्थलमा पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरे पनि सफल हुन नसके पछि सोमबार ठमाण्डौबाट उद्धार टोली मगाइएको थियो  ।

सोमबार दिउँसो हेलिकप्टर मार्फत घटनास्थल पुगेको ससस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोलीले सुरुङबाट शव निकालेको जिल्ला प्रहरी कार्यालय
बझाङका डिएसपी गणेश बमले बताए ।

चाडबाडमा काम नहुने भएकाले ३५ दिनदेखि सुरुङ बन्द थियो । माथिल्लो कालंगागाडको दाडिमगाड भन्ने ठाउ“मा रहेको यो सुरुङ्ग १ हजार ६ सय मिटर लामो छ ।

विदा पछी दिउँसो आठजना मजदुर ट्याक्टरमा सुरुङभित्र वत्ति र अक्सिजन पुर्याउने ग्यास पाइपको अवस्थाबारे बुझ्न भनेर छिरेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया