मुद्धाको फैसला नभएसम्म महरा जेलमा

६ बर्ष अगाडि

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

यससँगै यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् । उनलाई डिल्लीबजार कारागार लगिनेछ ।

संंसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि प्रहरीले अनुसन्धान गरेको थियो । महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बलात्कार उद्योगमा कारबाही गर्न अभियोगपत्र दर्ता गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक ओहोदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालयले महरालाई हुने सजायमा डेढ गुणा थप गर्न पनि माग दावी गरेको थियो ।

जिल्ला अदालतमा महराको बयानपछि  आइतबार र सोमबार थुनछेक बहस भएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया