नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व क्रिकेटको सबैभन्दा पुरानो इंग्ल्यान्डको क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्धको एकदिवसीय क्रिकेटमा शानदार जित निकालेको छ ।
ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भयो ।
सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले २०२ रनको सामान्य चुनौती ३७ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
छैटौं विकेटका लागि अविजित ६९ रन जोड्नेक्रममा विनोद भण्डारीले ५२ तथा पवन सर्राफले ३८ रन बनाए । कप्तान ज्ञानेन्द्र भने १० रनमा ‘आउट’ भएका थिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा ‘अलआउट’ हुँदै २०१ रन बनाएको थियो । विल रोड्सले ५४ तथा बिली गोडलम्यानले ५२ रन बनाएका थिए ।
नेपालका लागि पवन सर्राफ र ललितनारायण राजवंशीले समान ४र४ विकेट लिए । करण केसी र अविनाश बोहराले १र१ विकेट झारे ।
प्रतिक्रिया