महरा प्रकरणः बहस सकियो, के आउला आदेश ?

६ बर्ष अगाडि

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ ।

महराका पक्षमा बहस गर्ने वकिल धेरै भएकाले भर्खरै मात्रै थुनछेक बहस सकिएको हो । महराका पक्षमा ३२ जना वकिलले बहस गरेका थिए । अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार, बहस सकिएको आदेश लेख्ने काम भइरहेको छ ।

यो मुद्दा अन्तर्गत महरालाई पूपक्र्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधरण तारेखमा रिहा गर्ने फैसला अदालतले गर्नेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया