६ वर्षपछि समातिए तामाङ

६ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय जुम्लाले ६ वर्षदेखि फरार रहेका मुगु कार्मारोङ गाउँपालिका–२ का सोनाम तामाङलाई पक्राउ गरेको छ । प्रहरीले तामाङलाई चन्दननाथ नगरपालिका ५ कालेखोलीबाट शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए  । प्रहरीका अनुसार तामाङ चाइनिज मुद्रा (युआन)को अवैध कारोवारी हुन् ।

उनलाई सुर्खेत जिल्ला अदालतले २०७० जेठ २२ गते रु ३० लाख ५० हजार २४४ जरिवाना तोकेको थियो । २०७२ वैशाख ७ गते पुनरावेदन अदालतले पनि जिल्ला अदालतको फैसलालाई सदर गरेपछि उनी फरार थिए । फैसला कार्यान्वयन गर्नका लागि प्रहरीले अप्रेशन चलाएर उनको खोजी गरेको प्रनाउ धामीले बताए । प्रहरीले आइतबार सार्वजनिक गर्दै अदालतमा पुनः पेश गरेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया