सत्तारुढ नेकपालगायत अन्य दलले उम्मेदवारको टुंगो लगाएर प्रचारप्रसार शुरू गरिसक्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भने उम्मेदवार छान्न नै सकस परेको छ ।
कात्तिक १५ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिएको थियो ।
सर्वाधिक चासोका साथ हेरिएको कास्की– २ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार कठिन परेको स्रोतको भनाइ छ ।
कास्की– २ मा नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
समाजवादी पार्टीले भूपू गोर्खा सैनिक धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने राप्रपाले रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
साझा पार्टीले भने रजनी केसीलाई उम्मेदवार बनाएर प्रचार–प्रसार शुरू गरिसकेको छ ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक २१ गते उम्मेदवार मनोनयान गर्ने कार्यतालिका छ ।
मंसिर चौधमा प्रतिनिधि सभातर्फ कास्की– २ सहित देशभरमा जनप्रतिनिधि रिक्त रहेका प्रदेश सभा र स्थानीय तहमा उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया