दुर्घटनामा मृत्यु हुनेको शोकमा सार्वजनिक विदा

६ बर्ष अगाडि

दोलखा– सिन्धुपाल्चोकको सुकुटे बस दुर्घटनामा परी मृत्यु हुनेको शोकमा सोमबार शैलुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ। गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शोक विज्ञप्ति प्रकाशित गरी शोकको घडीमा एक दिन गाउँपालिका भर सार्वजनिक विदा दिने जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ,  ‘यो शोकको घडीमा सिंगो शैलुङ गाउँपालिका शोकमा डुबेको छ। शोकलाई शक्तिमा बदल्न आग्रह गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय शैक्षिक संस्था, गैरसरकारी संघ संस्थाका कार्यालयहरु बन्द रहनेछन्।’

आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ख ७२४५ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ को सुकुटेनजिकै नदीमा खस्दा ६ बालबालिकासहित १८ जनाको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका छन् ।

मृत्यु भएका १८ जनामध्ये दोलखा जिल्लाका १५ जना परेका छन्, जसमा शैलुङ गाउँपालिकाका मात्र १४ जनाको मृत्यु भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया