चिलिमे हाइड्रो पावर कम्पनीले २५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांस गत वर्षको जत्तिकै हो ।
सञ्चालक समितिको प्रस्ताव अनुसार बोनस शेयर नौ करोड ५१ लाख रुपैयाँ बराबर र नगद लाभांश २३ करोड ७९ लाख रुपैयाँ बराबर वितरण गर्ने छ ।
मङ्सिर ११ गते बस्ने कम्पनीको साधारण सभाले पारित गरेपछि शेयर धनीले उक्त लाभांश पाउने छन्।
साधारणसभाको लागि कम्पनीले कार्तिक २७ गतेदेखि मङ्सिर ११ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।
कार्तिक २६ गते सम्म शेयर कायम हुनेले घोषित लाभांश पाउने भएकोले दोस्रो बजारमा शेयर खरिद गर्नेहरुले पनि सो मितिसम्म शेयर खरिद गरिसक्नु पर्ने छ ।
आर्थिक वर्ष २०६७÷६८ मा ७० प्रतिशत लाभांश दिएको कम्पनीले गएका दुई वर्ष कम्पनीले २५ प्रतिशतका दरले लाभांश दिएको थियो।
गत वर्ष शेयर पुँजी तीन अर्व ९६ करोड रुपैयाँ रहेको कम्पनीको अहिलेको शेयर पुँजी चार अर्व ७५ करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया