ग्लोबल आइएमई लघुवित्तले आफ्नो सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।
सञ्चालक समितिको बैठक पछि कम्पनीले मंसिर ९ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा मार्फत लघुवित्तले ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ८४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने छ ।
साधारण सभा बाट नै कम्पनीले लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्ने छ ।
उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गतेबाट बुक क्लोज गर्नेछ ।
प्रतिक्रिया