कहिले गुणस्तर र कहिले निर्यातप्रक्रियामा झेलिरहेको नेपाली तयारी चियाको बजारमा यो वर्ष अत्यास लाग्दोगरी घटेको छ । कुल उत्पादनको ९० प्रतिशतभन्दा बढी व्यापार भारतीय बजारमै निर्भर नेपाली तयारी चिया त्यहाँ कौडीको भाउमा बिक्रि हुन् थालेपछि किसान निरास भएका छन् ।
यो वर्ष पूर्वी नेपालका चिया प्रशोधन उद्योगमा कोही भारतीय व्यापारीले चिया खरिदका लागि सम्र्पकसमेत नगरेको उद्योगीले जानकारी दिए । विगतका वर्षभन्दा ५० प्रतिशत बढीले भारतीय बजार खस्किएको र बिक्रि भएको चियाको लगानी उठ्नेगरी मूल्य नै नपाएकोमा उद्योगीहरुको गुनासो छ ।
गुणस्तरीय चिया उत्पादन गर्ने ठूला साना उद्योगको पहुँच तेस्रो मुलुकका व्यापारसँग रहेकाले उनीहरुलाई चिया बिक्रिमा समस्या छैन् । तर,भारतीय बजारमै निर्भर धेरै उद्योगीहरु लाई यो वर्ष चिन्तित बनाएको छ ।
बर्षेनी ठूलो परिमाणको चिया उत्पादन गर्ने इलाम र झापाका सात सरकारी बगान लिजमा लिएको त्रिवेणी सांघाई समूहले यो वर्ष उत्पादनको ५० प्रतिशत पनि चिया निर्यात हुन नसकेको जनाएको छ । समूहका अध्यक्ष सुवास सांघाईले भारतीय बजारमा यो वर्ष चिया बेच्नै समस्या भएको बताए । यो वर्ष पोहोरको तुलनामा ५० प्रतिशत पनि चिया बिकेको छैन् ,उनले भने,बिक्रिभएको चियाले पनि आधामूल्य पाएको छ ।
सूर्येदय नगरपालिकामा रहेको करिब पाँच दर्जन चिया प्रशोधन कारखानालाई यो वर्ष भारतमा चिया बेच्न धौधौ परेको छ । गतवर्ष सम्म भारतमा तीन सयदेखि आठ सय रुपैयाँ प्रतिकिलोसम्म मूल्य पाएको नेपाली तयारी चिया यो वर्ष प्रतिकिलो एक सय ६० देखि साढे तीन सय रुपैयाँमा झरेको व्यापारी बताउँछन् । सबैभन्दा ठूलो चिया बजार भारतमा यो वर्ष उत्पादन नै निरास हुनेगरी व्यापार घटेको छ । सूर्येदय नगरपालिका बाट मात्रै बर्सेनि ५० लाख किलो तयारी चिया भारत निर्यात हुने गरेको एसोसिएसनले जनाएको छ ।
यहि अवस्था रहने हो भने नेपाली चियाले भारतीय बजारको विकल्प खोज्न बाध्य हुनुपर्छ,कटेलले भने,तेस्रो मुलुकका व्यापारीले खोजेजस्तो गुणस्तर र परिमाण पुर्याउन किसान र साना उद्योगीको मात्रै प्रयासले सम्भव छैन् । यो समाचार आजको नागरीक पत्रिकामा छापिएको छ ।
प्रतिक्रिया