बुङल नगरपालिकास्थित निर्माणाधीन अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र फसेका चार जना मजदुरको उद्धार गर्न काठमाडौंबाट हेलिकोप्टरमा उद्धार टोली जादैँ गरेको बताइएको छ ।
आइतबार साँझ अक्सिजन पाइपमा अवरोध हुँदा चार जना मजदुर सुरुङभित्र फसेका हुन्।
उनीहरूको उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रातभर खटिएपनि सम्भव नभएपछि काठमाडौंबाट उद्धार टोलि मगाइएको हो ।
उक्त सुरुङ कम्तिमा पनि ४ किलोमिटर रहेको छ।
प्रतिक्रिया