डेपुटी गभर्नर श्रेष्ठ निलम्बित

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ आज निलम्बन भएका छन् । 

उनीमाथि छानविन गर्न राष्ट्र बैंकले  समिति गठन गरेपछि श्रेष्ठ निलम्वनमा परेका हुन् । 

उनी निलम्बनमा परेता पनि समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने म्याद दिइएकाले उक्त प्रतिवेदनका आधारमा मात्र उनी बर्खास्तीमा पर्ने नपर्ने निर्णय हुनेछ । 

समितिले बुझाउने प्रतिवेदनमाथि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

डेपुटी गभर्नर श्रेष्ठ माथि एनसेलको लाभांश, व्यापारी अजेयराज सुमार्गीको रकम फकुवालगायत समस्याग्रस्त वित्तीय संस्थामा चलखेललगायतका आरोप लगाइएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया