महराको छुनछेक बहस आज पनि हुँदै

६ बर्ष अगाडि

काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ ।

आइतबार बसह नसकिएपछि ‘हेर्दाहेर्दै’ सोमबारलाई राखिएको थियो । 
 
जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा महराको थुनछेक बहस चलिरहेको छ।  काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार निर्वमान सभामुख महराका तर्फबाट बहस गर्ने ३२ जना अधिवक्ताले नाम लेखाएका थिए ।

तीमध्ये आइतबार वरिष्ठ अधिवक्ता लव मैनालीले बहस गरेका छन् ।  सरकारी पक्षबाट  भने चार जनाले बहस गरेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया