नेपाल राष्ट्र बैंकले विभिन्न विभागहरु अन्य ठाँउमा स्थानान्तरण गरेको छ । कार्यालय भवन निर्माणको लागि भन्दै ३ वटा विभाग नयाँ ठाँउमा सारेको हो ।
राष्ट्र बैंकको अनुसन्धान विभाग पुल्चोकबाट गैर आवासीय नेपाली संघको भवन बालुवाटारमा सरेको छ ।
त्यस्तै, विकास बैंक सुपरिवेक्षण विभाग बालुवाटारबाट राष्ट्रिय सहकारी विकास बोर्ड र पुल्चोकमा र वित्त कम्पनी सुपरिवेक्षण विभाग बालुवाटारबाट, गैर आवासीय नेपाली संघको भवन,बालुवाटारमा स्थानान्तरण गरिएको छ ।
प्रतिक्रिया