सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटायो

६ बर्ष अगाडि

काठमाडौँ – केपी शर्मा ओली नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । 

मन्त्रिपरिषले निर्णय गरेर पदमुक्तका लागि राष्ट्रपतिकहाँ पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ प्रदेशका प्रदेश प्रमुख नियुक्ति गरेको थियो । 

सरकारले पटक पटक उनीहरुलाई हटाउन खोजेपनि काँग्रेसको विरोधका कारण हटाउन सकेको थिएन। 

देउवा सरकारले प्रदेश १ को प्रदेश प्रमुखमा गोविन्द बहादुर तुम्बाहाङ, २ मा रत्नेशवर लाल (कायस्थ), ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गा केशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया