विभिन्न प्रकोपमा परि ज्यान गुमाउनेमा उमाकुण्ड गाउँपालिकाकाक तिन परिवारलाई जिल्ला विपद्द ब्यवस्थापना समिति रामेछापले घरमै पुगेर पीडिलाई राहात प्रदान गरेके छ ।
गएको वर्षमा उमाकाण्ड गाउँपालिकामा चट्यानमा परेर एक जना र खोलाले बगाएर एकजनाले ज्यान गुमाएका थिए । त्यसैगरि आगलागिमा परेर एक परिवारको घरगोठ जलेको थियो ।
मृतक परिवारलाई एक–एक लाख रुपियाको दरले आवश्यक लत्ताकपडाहरु प्रदान गरिएको जिल्ला विपद्द ब्यवस्थापन समिति रामेछापका अध्यक्ष लिलाकुमारी पाण्डेले जानकारी दिईन् ।
त्यसैगरि आगलागिभएको परिवारलाई नगद १० हजार र आवश्यक लत्ताकपडा, भाडाँकुडाँसमेत उपल्बध गराइएके थियो ।
विपद्दमा परी ज्यान गुमाएको परिवारलाई राज्य पनि हाम्रो साथमा छल भन्ने सन्देश दिनका लागि घरमै पुगेर राहात दिएको छौँ । अध्यक्ष पाण्डेले भनिन् ।
प्रतिक्रिया