डेपुटी गर्भनर श्रेष्ठले भने म विरुद्ध षड्यन्त्र भयो

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठले भने आफ्नो ३० वर्षे करिअर समाप्त पार्न गिरोह नै सक्रिय भएको प्रतिक्रिया दिएका छन् ।  विभिन्न अनियमिता गरेको आरोप आज प्रकाशित एक दैनिकमा सार्वजनिक भएपछि बैंकिङ क्षेत्रमा खैलाबैला भएको छ ।

‘डेपुटी गभर्नरका हैसियतले म भावी गभर्नरका लागि स्वतः दाबेदार हुँ, त्यसैले मेराविरुद्ध दुस्प्रचार गरेर गभर्नरको दौडबाट बाहिर फाल्ने प्रपञ्च हो’ श्रेष्ठले भने ।सरकारको निर्देशनअनुसार आफूमाथि हुने छानबिनमा सहयोग गर्ने उनले बताए ।

‘छानबिन निष्पक्ष र स्वतन्त्र होस्, म छानबिनलाई सहयोग गर्छु, दोषी भए कारबाही भोग्न तयार छु, नत्र न्याय माग्न मैले पनि प्रयास गर्नेछु’, उनले भने, ‘मलाई विश्वास छ, लोकतन्त्र र कानूनी राज्यमा न्याय पाइन्छ ।’

६ बर्ष अगाडि

प्रतिक्रिया