दुई सहकारी संस्थाको एकीकरण

६ बर्ष अगाडि

पोखराका  दुई सहकारी संस्था एकीकरण भएका छन् । 

पोखरा महानगरपालिका–२५, हेम्जास्थित गौरीशङ्कर बचत तथा ऋण सहकारी संस्था र पोखरा–१४ चाउथेस्थित चाउथे कृषि सहकारी संस्थाले आज यहाँ आयोजित कार्यक्रममा एकापसमा गाभिएको घोषणा गरेका हुन् । 

सरकारले  बैङ्कलाई जस्तै सहकारीलाई पनि  एकीकरणमा जान प्रोत्साहन गरेकाले दुवै संस्था एकीकरण भएर संयुक्त कारोवार शुरु गरिएको गौरीशङ्करका अध्यक्ष केशवशरण पौडेलले बताए । सरकारी नीति अनुसरण गरेर नै दुई सहकारीलाई कीकरण गरिएको उनको भनाइ थियो ।

चाउथे कृषि सहकारीका अध्यक्ष खड्कबहादुर कार्कीले एकीकरणले पूँजी वृद्धि हुने र दुवै सहकारीका सदस्यलाई फाइदा पुग्ने जानकारी दिए ।  प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले सहकारी संस्थाहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

कास्की बचत सङ्घका लेखा संयोजक रुद्रनाथ पौडेलले एकीकरणबाट संस्था बलियो भएको धारणा व्यक्त गरे  । एकीकरणपछि संस्थाको अध्यक्षमा  केशवशरण पौडेललाई चयन गरिएको थियो  ।

६ बर्ष अगाडि

प्रतिक्रिया