सरकारलाई आवश्यक रकम जुटाउन नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकले कार्तिक १८ गते सोमबार ९१ दिन र ३६४ दिन अवधिको उक्त रकमको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।
बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये १० करोड रुपैयाँ ९१ दिन अवधिका लागि छ भने १ अर्ब ५६ करोड रुपैयाँ ३६४ दिन अवधिको छ।
उक्त ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।
प्रतिक्रिया