नेपाल बंगलादेश बैंकले १२ प्रतिशत लाभांस दिने

६ बर्ष अगाडि

नेपाल बंगालदेश बैंकले लगानीकर्तालाई १२ प्रतिशत लाभांस दिने प्रस्ताव गरेकोे छ । 

बैंकको संचालक समितिको बैंठकले ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो।

बैंकले आर्थिक वर्ष २०७५/७६ को  एक अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको थियो।

जस मध्ये लाभांस बाँड्न योग्य नाफा भने ९४ करोड ९६ लाख रुपैयाँ मात्रै थियो। 

सोही मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा पेश गर्ने छ। बैंकले गतवर्ष भन्दा बढाएर लाभांस दिने भएको हो।

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ छ। यही पूँजीको ५ प्रतिशत अर्थात ४० करोड ४४ लाख रुपैयाँ बोनस शेयर पछि चुक्ता पूँजी ८ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया