हकप्रद शेयर बिक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स

६ बर्ष अगाडि

लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्नो चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ। 

इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न कात्तिक २४ गतेदेखि शेयर बिक्री गर्न लागेको हो ।

एकसय रुपैयाँ अकिंत दरमा १७ लाख ६० हजार कित्ता हकप्रद बिक्रीमा ल्याउन लागेको कम्पनीको बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल रहेको छ ।

उक्त हकप्रदमा असोज २६ गतेसम्म कायम शेयरधनीहरुले मंसिर २९ गतेसम्म आवेदन गर्न सक्नेछन्। 

६ बर्ष अगाडि

प्रतिक्रिया