१५ प्रतिशत लाभांश दिदै लक्ष्मी बैंक

६ बर्ष अगाडि

लक्ष्मी बैंकले शेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ। 

बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

बैंकले हाल कायम पूँजीको १० प्रतिशत अर्थात  ८९ करोड २० लाख रूपैयाँ बराबरको ८९ लाख २० हजार ५०८.६४ कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोनस शेयरमा लाग्ने कर सहित ४४ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।

बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया