दैलेखको भैरवी गाउँपालिकाले बालिकाका नाममा खाता खोल्न सुरु गरेको छ ।
गाउँपालिकाले बालिका जन्मिएको वर्षबाट हरेक वर्ष हजार रुपैयाँका दरले २० वर्षसम्म बालिकाको खातामा रकम जम्मा गरिदिनेछ।
यसरी रकम पाउन स्वास्थ्य चौकीमै सुत्केरी भएको हुनुपर्नेछ भने बच्चा जन्माउने आमाको उमेर २० वर्ष पूरा हुनुपर्नेछ। उमेर नपुगी विवाह गरी बच्चा जन्माएका, घरमै जन्मिएका र दुईभन्दा बढी सन्तान जन्माउनेले यस्तो सुविधा पाउँदैनन्।
गाउँपालिकाले छोरी प्रोत्साहनु कार्यक्रममार्फत छोरीमैत्री गाउँ निर्माण गर्ने अभियान थालेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले बताए। ुछोरी जन्माउँदा अभिभावकले गर्व गर्ने वातावरण बनाउन खोजिएको होु, अध्यक्ष बुढाले भने, हामीले खोलिदिएको खातामा अभिभावकले थप रकम जम्मा गरेर छोरीको आधारभूत आवश्यकता पूरा गराउन सक्छन्। यो समाचार आजको कारोबार दैनिकबाट
प्रतिक्रिया