मंगलबार पत्रकार सम्मेलन गरेर घण्टाघर नजिक गत असार ३ गते राती वीरगंज महानगरपालिका वडा नं. ८ गहवा टोल बस्ने पशुपति बैण्डका संचालक बर्ष ५५ को भिखारी रामको हत्यामा संगलन रहेको आरोपमा जि.बारा, कलैया २० निवासी बर्ष ४० को महजिद मिया हजाम, जि.सर्लाही, बरहथवा वडा नं.१० बस्ने बर्ष ४२ को भरत थापा र जि.कास्की पोखरा लेखनाथ न.पा.१ बस्ने बर्ष २९ को बिजय नेपालीलाई पक्राउ गरी पर्सा प्रहरीले र्सावजनिक गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो ।
बीरगंज महानगरपालिका वडा नं.८, गहवा टोल स्थित नेपाल टेलिकमदेखि पुर्व जाने रेल्वे रोड र लिंक रोडको बिचमा रहेको गल्ली बाटोमा बादबिवाद हुँदा महजिद मिया हजामले निज भिखारी रामलाई बाटोमा लडाई बाटोको छेउमा रहेको ढुङाले टाउकोमा पटक(पटक हानी कर्तब्य गरी मारी सके पश्चात भरत थापा र बिजय नेपालीले निज मृतकको जिउ खानतलासी गरी निजसंग भएको मोबाईल समेत लुटी फरार रहेकोमा यस कार्यालयबाट खोजतलासको लागि खटिएको प्रहरी टोलीले निज महजिद मिया हजामलाई सोमबार राती बीरगंज महानगरपालिका वडा नं.२ बाट पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक ढकालले जानकारी दिनुभयो ।
पक्राउ परेका ३ जनालाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान जारी राखिएको पर्साका प्रहरी उपरिक्षक ढकालले जानकारी दिनुभयो
प्रतिक्रिया