कास्की–२ मा विद्यालाई नै टिकट

६ बर्ष अगाडि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले कास्की–२ मा स्वर्गीय नेता रवीन्द्र अधिकारीपत्नी विद्या भट्टराईलाई टिकट दिने निर्णय गरेको छ । 
शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्यालाई टिकट दिने निर्णय गरेको हो । 
यसअघि नेकपा गण्डकी प्रदेश कमिटीले विद्यासहित पुराना नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम पनि सिफारिस गरेको थियो । जिल्ला कमिटीले विद्या एक्लैको नाम सिफारिस गरेकोमा प्रदेशले २ जनाको नाम थपेर केन्द्रमा पठाएको थियो । 
तर केन्द्रले विद्याको पक्षमा माहोल रहेको भन्दै उनैलाई टिकट दिने निर्णय गरेको बताइएको छ । 
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले शनिबार बसेको सचिवालय बैठक विद्याको नाम टुंगो लगाएको जानकारी आएको बताए । आफूहरुले विद्याकै नाम सिफारिस गरेर पठाएको र केन्द्रले पनि निर्णय गरेपछि अब चुनावी अभियानमा होमिने बताए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया