काठमाडौं – नेपालको विज्ञापन बजारमा यतिबेला चर्चामा रहेको शब्द हो विशेष चमत्कारिक । त्यो विज्ञापन गर्ने बैंकको नाम हो एनआइसि एशिया ।
बाहिरबाट हेर्दा असाध्यै राम्रो तर भित्र भित्रै कुहिएको फर्सी जस्तै लाग्ने सो बैंकले आफूलाई जसरी समापट रुपमा विज्ञापन गरिरहेको छ, त्यो भन्दा बढी उसले बैंकका कार्यरत कर्मचारीको श्रम शोषण गरिरहेको तथ्य सार्वजनिक भएको छ ।
बैंकले सम्झौता विपरित धमाधम कर्मचारी निकाल्दै श्रम शोषण गरेको पाइएको छ । बिना सूचना आफ्ना कर्मचारीलाई निश्कासन गरेर सरकारी नीति तथा नियम विरुद्धको गतिविधि गरीरहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका रोशन नयौपानेले राम्रा राम्रा युवतीलाई छानी छानी बैंकमा ल्याउने, काम लगाउने भन्दा पनि अरु नै काममा सहभागी हुन र आफूलाई सेवा गर्न आग्रह गर्ने गरेको बैंक छाडेकी एक युवतीले जानकारी दिइन ।
जानकारहरुका अनुसार बैंकले केही समयअघि विज्ञापन गरि करार सम्झौतामा कर्मचारी राखि अवधि नपुग्दै कर्मचारीलाई निश्कासन गर्न थालेको तथ्य बाहीर आएको छ । बैंकल ेविज्ञापनमार्फत कर्मचारी नियुक्त गरेर केही समयमै आफूखुसी कर्मचारी हटाउन थालेको बैंकका कर्मचारीले गुनासो गरेका छन् । श्रम ऐन विपरित कर्मचारी हटाउन थालेपछि कर्मचारीहरुको गुनासो बढेको बताइएको छ ।
दशैं वा सोही आपसापमा मात्रै झण्डै ४ सय कर्मचारी निकालिएको एक कर्मचारीले बताए । ती कर्मचारी भन्छन –‘यसरी कर्मचारी निकाल्नुले बैंकको साख गिर्ने त छँदै छ, यती धेरै युवाहरुको भविष्यमाथिको खेलवाड गरिएको छ । श्रम ऐन र श्रम कानूनको उल्लघंन समेत गरिएको छ । बैंकिङ क्षेत्रमा आफ्नो भविष्य बनाइरहेका मान्छेहरुका लागि बैंकले गरेको उक्त कदमले वितृष्णा समेत बढ्दै गएको कर्मचारीहरुको गुनासो छ ।
आफ्ना तथा नजिककलाई कर्मचारीलाईलाई बैंकमा छिराउनका लागि बैंकले कार्यरत कर्मचारीको अवधि नपुग्दै निकालेको गुनासो गरिरहेका छन् । तर त्यो भन्दा पनि बढी आफूले भनेको नमानेको र उच्च कर्मचारीलाई खुसी नबनाएको भन्दै युवतीलाई समेत कामबाट हटाइएको छ । बैंकमा काम गर्न भनेर आएका युवतीलाई बैंकको अध्यक्ष, सञ्चालक तथा उच्च तहका कर्मचारीलाई खुसी बनाउनुपर्ने शर्त राखिने गरेको छ ।
श्रम ऐन २०७४ परिच्छेद २१ को रोजगार अन्त्य सम्बन्धी व्यवस्थाको१३९ को दफा २ मा रोजगारी अन्त्य गर्दा उचित र पर्याप्त कारण खुलाउनपर्ने व्यवस्था उल्लेख गरिएको छ । तर, एनआइसी बैंकले भने श्रम ऐन विपरित उचित र पर्याप्त कारण नखुलाई हटाएको भन्दै कर्मचारीहरु आक्रोशित बनेका छन् ।
यसैगरी, श्रम ऐनकै धारा १४० को १ (ख) मा उल्लेख भएअनुसार चार हप्तादेखि एक वर्षसम्मको रोजगारीको हकमा कम्तिमा सात दिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ । बैंकले कर्मचारी हटाउनुपूर्व दिनुपर्ने सूचना नदिई कर्मचारी हटाएको भनि कर्मचारीले गुनासो गरेका छन् । तर बैंकले भने सम्झौता अवधि पूरा नभएका कुनै कर्मचारी ननिकालेको दावी गरेको छ । कुनै कर्मचारीलाई सम्झौताभन्दा बाहीर गएर निश्कासन नगरिएको बैंकको जिकिर छ । हामीले कुनै पनि कर्मचारीलाई सम्झौताभन्दा बाहीर राखेर निश्कासन गरेका छैनौं । कर्मचारीको तलब हामीले तोकेअनुरुप नै दिएका छौं ।’
तर गुनासो गर्ने कर्मचारीले आफ्नो सम्झौताको समयवधी नपुग्दै निश्कासन गरेको गुनासो गरिरहेका छन् । तर, बैंकका कर्मचारी समेत रहेका एक उच्च अधिकारीले भने सम्झौताको अवधि पूरा गरेर मात्र कर्मचारी निकालेको बताउँछन् । उता सनराइज बैंक, एनसिसि बैंकमा समेत चर्को लफडा परेको छ । स्रोतका अनुसार निक्षेपकर्ताको निक्षेपमा लुटपाट गरिरहेका ती बैंकका उच्च व्यवस्थापकलाई नेपाल राष्ट्र बैंकले कारवाही गर्नुको साटो छुट दिएको स्रोतको दावी छ ।
प्रतिक्रिया