धितोपत्रको अध्यक्ष हत्याउन राष्ट्रपतिको साहारा, किन हुँदैछ यस्तो खेल ?

६ बर्ष अगाडि

काठमाडौं – नेपालको धितोपत्र बजारलाई व्यक्तिगत सम्पत्ति जसरी मनमामैजी तरिकाले चलाएका काँग्रेसी कार्यकर्ता  डा. रेवत बहादुर कार्की ४ वर्षे कार्यकाल पूरा गरी असोज २९ गते धितोपत्र बोर्डबाट बाहिरिएका छन् । 

बजार व्यवस्थित गर्ने भन्दा पनि पैसा कमाउने धन्दा चलाएका डा कार्कीलाई विदेशष गरी काँग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डा रामशशरण महतको विशेष कृषा प्राप्त थियो । डा महतको कृपाबाट बोर्ड अध्यक्ष बनेका कार्कीले त्यसैलाई नै पैसा कमाउने माध्यम बनाए । कमाएको एकाध प्रतिशत डा महतलाई दिएर अरु सबै आफैले कुम्ल्याएको भन्दै उनको विरुद्ध ठूलै विरोध पनि भएको थियो । 

मुखमा आमाचकारी गाली मात्रै रहेका र विशेष गरी धितोपत्र बजारलाई काँग्रेसी राजनीतिको अखडा बनाएपनि नेकपा नेतृत्वको सरकारले उनलाई अभयदान नै दिएको थियो । अर्थमन्त्री डा युवराज खतिवडाले पनि उनलाई कारवाही गर्ने आँट गर्न सकेनन् । जसका कारण उनी असनको साँढे जस्तै व्यवहार गर्ने समेत छुट पाएको जानकारहरुले बताएका छन् । धितोपत्र बोर्डलाई कमाई खाने भाडो  बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक दर्जन उजुरी परेपनि कुनै कारवाही गरिएको छैन । उनलाई जोगाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवका र उनकी पत्नी आरजू राणा समेत लागेको जानकारहरुको भनाइ छ । 

देउवा र डा महतको आर्शिवाद पाएका कार्कीको बर्हीगमन पछि बोर्डमा नयाँको आउलान् भन्ने चर्चा पनि शुरु भएको छ । नेपालको शेयर बजार व्यवस्थित गर्न रेवत जस्ता अव्यण्वहारिक र अव्यवसायिक व्यक्ति भन्दा पनि राम्रो बजार बुझेको तथा व्यवसायिक मान्छेको खोजी भएपनि प्रचारमा आएका नाम हेर्दा उनीहरु समेत कार्कीको नयाँ अवतार जस्तै देखिएका छन् । नाम फरक होला तर व्यवहारमा कार्की भन्दा कुनै पनि अर्थमा फरक नरहेका व्यक्ति नै सतहमा देखा परेका छन् । 

जानकारहरुका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपा महासचिव विष्णु पौडेलको नाम जोडेर आएका व्यक्तिहरु नै बोर्ड अध्यक्ष बन्ने चलखेलमा लागेका छ । उनीहरुले कार्कीको बर्हिगमन हुने दिन भन्दा पहिला देखि नै शक्ति केन्द्र धाउन थालिसकेका छन् । उनीहरु जसरी भएपनि बोर्डको अध्यक्ष पडकाउने र कमाऊ धन्दा चलाउने दाउपेचमा लागेका छन् । कार्की बाहिरिएपछि बोर्डको अध्यक्ष को बन्नेछ भन्ने भन्ने विषयले यतिबेला चर्चा चुलिएको छ । 

तर राष्ट्रपति, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा महासचिव विष्णु पौडेललगायतका नाममा भइरहेको बार्गेनिङ हेर्दा लाग्छ बोर्ड अध्यक्ष बन्न राम्रै लिगलिगे दौड शुरु भइसकेको छ । तर अर्थमन्त्री समेत डा युवराज खतिवडाले कसलाई बोर्ड अध्यक्ष बनाउन लाग्लान् भन्ने बारेमा भने तत्काल नै केही भन्न सकिने अवस्था भने रहेको छैन । केपी ओलीले कसलाई ग्रिन सिग्नल दिन्छन् उनै अध्यक्ष त हुने ओला नी राजनीतिक बजारमा आएको चर्चा भने यस्तै रहेको छ । 

भ्रष्टाचारको आरोप लागेपनि कार्यकाल सकिन लाग्दा कार्की असोज १६ गतेदेखि नै बिदामा बसेका थिए । बोर्डका अध्यक्ष नियुक्त भने मन्त्रिपरिषदको बैठकले गर्ने धितोपत्र सम्बन्धी ऐनमा व्यवस्था छ । बोर्डमा सामान्यतया राजनीतिक नियुक्ती नै हुन्छ । सत्तामा जुन पार्टी छ त्यही पार्टीको आस्थामा विश्वास राख्नेले मात्रै बोर्डमा चार वर्ष काम गर्ने अवसर पाउने गरेका छन् । विगतमा काँग्रेसी भएका कारण नै कार्कीले सो पदज हत्याएका थिए । विशेष गरी डा महतको कृपादृटि कार्कीमाथि परेको थियो । जसका कारण प्रतिनिधिसभाको निर्वाचनका लागि समेत उनै कार्कीले पैसा उठाएर डा महतलाई समेत दिएका थिए । बोर्डका अध्यक्ष कार्की र नेप्सेका तत्कालीन प्रमुख सीताराम थपलियाले डा महतको राम्रै सेवा गरेको जानकारहरु स्मरण गर्छन । 

स्रोतहरुका अनुसार बोर्डको अध्यक्ष बन्नका लागि अहिले चार जनाको नाम निकै चर्चामा छ । जसमा भदौको पहिलो साता मात्रै बोर्डको विज्ञ सदस्यका रुपमा नियुक्त भएका भीष्मराज ढुंगाना, नेप्सेका पूर्व अध्यक्ष टंक पनेरु, बोर्डका पूर्व विज्ञ सदस्य निलबहादुर सारु, नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीको नाम निकै चर्चामा रहेको जानकारहरुको भनाइ छ । चर्चामा आएका यी सबै व्यक्ति एक पटक आफ्नो कार्यक्षेत्रमा असफल भएका र टेष्टेड व्यक्ति हुन् । यी व्यक्ति बोर्डमा आएको खण्डमा बोर्ड थप धारासायी मात्रै बन्ने छैन, नेपालको धितोपत्र बजार समेत थप ध्वस्त हुने कुरालाई नकार्न सकिदैन । अर्थ मन्त्रालयले बोर्डको विज्ञ सदस्यको रुपमा भीष्मराज ढुङगानालाई भदौ पहिलो साता नियुक्त गरेको थियो । 

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका ढुंगानालाई अर्थमन्त्री डा. युवराज खतिवडाले बोर्डको विज्ञ सदस्यमा नियुक्त गरेका थिए । उनलाई विज्ञ सदस्यका रुपमा नियुक्त गरी बोर्ड अध्यक्ष बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री डा युवराज खतिवडालाई निर्देशन नै दिएको जानकारहरुको भनाइ छ । सामान्य सदस्य नियुक्तिमा समेत राष्ट्रपतिको हस्तक्षेप हुन थालेपछि अन्यत्र के होला भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले आफ्ना निकटस्थहरुसँग गुनासो गर्ने गरेका थिए । 

नेपाल राष्ट्र बैंकको कार्यकारी अधिकृतको रुपमा कार्यरत ढुङगाना ३० वर्षे सेवा अवधि पूरा गरी अवकास पाएका हुन । उनलाई भदौ पहिला साता मन्त्रिस्तरीय बैठकले विज्ञ सदस्यको रुपमा नियुक्त गरेको हो । राष्ट्र बैंकमा रहँदा राम्रा भन्दा नराम्रा काम गरी बदनाम भएका ढुंगानालाई जसरी पनि नियुक्ति गर्नु भन्ने राष्ट्रपतिको बलमिच्याईपूर्ण जोड रहेको अर्थमन्त्रालयका एक वरिष्ठ सहसचिव समेत स्वीकार गर्छन ।  यसअघि नै बोर्डको अध्यक्ष बन्ने दौडमा रहेका ढुंगानालाई विज्ञ सदस्य बनाएपछि अध्यक्षका लागि झनै बाटो खुलेको चर्चा पनि रहेको छ । बोर्डको अध्यक्षको दाबेदार सबै जना नेकपा निकट रहेको भनेर प्रचार गराएका छन् । 

त्यसमा पनि ढुगानालाई त राष्ट्रपति विद्यादेवि भण्डारी निकटको रुपमा हेरिने गरेको छ । स्रोतका अनुसार उनलाई भण्डारीको निर्देशनमा विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको हो । यसर्थ पनि उनको सम्भावना ज्यादा रहेको चर्चा पनि यतिबेला शेयर बजारमा चलाइएको छ । जानकार पक्षका अनुसार उनलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत सहयोग रहेको भन्दै हल्ला गरिएको छ । यद्यपी प्रचण्डले भने त्यतातिर खासै ध्यान दिएका छैनन् । उनी यसअघि राष्ट्र बैंकको तर्फबाट नेपाल स्टक एक्सचेञ्जको पदेन सञ्चालक समिति सदस्य थिए । ढुंगानाले राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख भएर काम गरेको अनुभव पनि रहेको भन्दै नियुक्तिका लागि दबाव दिएका छन् ।

बोर्डको अध्यक्षका लागि आकांक्षीका रुपमा बोर्डकै पूर्व विज्ञ सदस्य निलबहादुर सारु मगर पनि लबिङमा लागेका छन् । उनी बोर्डको विज्ञ सदस्यको रुपमा गत चैत ३० गतेदेखि अवकाश पाएका हुन् । उनी कुनै पनि रुपमा बोर्ड अध्यक्ष चलाउन सक्ने व्यक्ति नभएको जानकारहरुको भनाइ छ ।  यतिबेला बोर्डका उनको पनि आकांक्षा देखिएको छ । पाल्पाका सारु नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलको निकट रहेको भन्दै प्रचार गराएका छन् ।  यस्तै बोर्डको अध्यक्षमा नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी र नेप्सेका पूर्व अध्यक्ष टंक पनेरुको पनि चर्चा रहेको छ । नेपाल बैंकका अध्यक्ष अधिकारी नेपाल राष्ट्र बैंकमा हुँदादेखि नै अर्थमन्त्री डा. युवराज खतिवडा निकट मानिन्छन । पनेरु प्रधानमन्त्री केपी ओली तथा अर्थमन्त्री खतिवडाको जिल्लाबासी हुन् ।

अर्थमन्त्री डा. खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा उनी बैंक तथा वित्तीय संस्था नियमन विभागको निर्देशक रहेका थिए । त्यसको लगत्तै उनले विदेशी विनिमय विभाग, आन्तरिक लेखा परीक्षण र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हालेका थिए । पछि उनी कार्यकारी निर्देशक भएपछि अवकास पाएका हुन । बोर्डको अध्यक्षका लागि बोर्डकै कर्मचारीहरुको पनि नाम बेला बेलामा आउने गरेको छ । जसमा कार्यकारी निर्देशकद्वय परिष्टनाथ पौडेल, निरज गिरी, तथा निमित्त कार्यकारी निर्देशक डा. नवराज अधिकारीको पनि चर्चा हुने गरेको छ । बोर्डको अध्यक्ष चयन भने अर्थमन्त्रालयमा गठित समितिले चयन गर्नेछ । जसमा राष्ट्रिय योजना आयोगको सदस्य, अर्थसचिव र धितोपत्र बजारको विषयमा जानका रहेको व्यक्ति समिति रहने व्यवस्था छ । समितिले सिफारिस गरेको व्यक्तिबाट मन्त्रिपरिषदले अध्यक्षको टुंगो लगाउने व्यवस्था छ । तर जुन तरिकाले बोर्ड अध्यक्षको चर्चा गरिएको छ त्यसले भने नेपालको धितोपत्र बजारमा सकारात्मक भन्दा नकारात्मक संस्कार स्थापित गर्ने देखिएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया